भोजपुरको दिङ्लाबाट इटहरी झर्दा ५० वर्षीया पविमाया बयलकोटीको मनमा एउटै उमङ्ग थियो उपचार गरेर घर फर्किने र बाँकी जीवन आफ्नै आँगनमा बिताउने । तर, आफ्नै ज्वाइँका कारण उनको त्यो सपना पूरा हुन सकेन । उनले सधैंका लागि संसार छाडिन् । बिरामी शरीर लिएर इटहरी आएकी पविमाया केही दिनदेखि इटहरीको जनता बस्तीमा रहेकी आफ्नी छोरीको घरमा बसेर उपचार गराइरहेकी थिइन् । उपचारले विस्तारै सन्चो हुँदै थियो । सोमबार घर फर्कने निधो भइसकेको थियो । घर फर्किनुअघि अर्की छोरी र ज्वाइँलाई भेटेर जाने इच्छा गरिन् । छोरीको घर पुगेर &lsquo...