पछिल्लो राजनीतिक घटनाक्रमले फागुन २१ गतेको चुनावको वातावरण बनाउन मद्दत पुगेको छ । केही दिन अघिसम्म सरकार, दलहरु र वैकल्पिक शक्तिबीच बैचारिक सहमति भइसकेको थिएन । उनीहरुबीच केही द्वन्द्वहरु थियो । पछिल्ला केही महत्त्वपूर्ण भेटवार्ता र सम्झौताले त्यसलाई केही हदसम्म सहज बनाएको छ । तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्री शुसीला कार्कीको भेट तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको भेटवार्ताले फागुनमा हुने चुनावमा वातावरण बन्दै गएको देखाएको छ । चुनावको वातावरण ...