करिब डेढ महिनादेखि सुनको आयात ठप्प भएको छ । नेपाली बजारमा पुरानै सुनको कारोबारले गर्दा नयाँ सुनको आयात ठप्प भएको हो । मासिक सयौं किलोग्राम आयात भइरहने सुन पछिल्लो एक महिनामा १ किलो मात्रै आयात भएको छ । भन्सार विभागकै तथ्यांक हेर्दा गत मंसिर महिनामा केवल १ किलोग्राम सुन आयात भएको देखिन्छ । सुनको सबैभन्दा बढी कारोबार हुने समयमा सुनको आयात करिब शून्य देखिएको हो । नेपालको सुनको आयात वाणिज्य बैंकहरूमार्फत् हुने गर्दछ । व्यवसायीहरूले माग गरेअनुसार बैंकले सुनको आयात गर्ने गर्दछन् । चा...