भोजपुर बजारमा हट्यो खानेपानीको संकट

भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि  वर्षौंदेखिको समस्या समाधान भएको छ ।  आयोजनामार्फत् भोजपुर बजार क्षेत्रसहित ६ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ ।  समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको हो । भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले गरी पाँच ...