नेकपाको समानुपातिकमा सबै नयाँ अनुहार, यसअघिका सांसद र मन्त्री सूचीमा नपर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई यसपटक सिफारिस गरिने छैन । आज सोमबार समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन रहेको छ । उम्मेदवार सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय भएको नेकपाले जनाएको छ ।