‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन अर्को वर्षको जेठमा हुने

काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आउँदाे मे २७ अर्थात् २०८३ सालको जेठ १३ गते हुने भएको छ । हिमाल संरक्षण र नेपालको पर्यटन प्रवर्द्धनकाे क्षेत्रमा लामो समयदेखि क्रियाशील एभरेष्ट एलायन्स नेपालले पत्रकार सम्मेलन गरी सम्मेलन मे २७ मा काठमाण्डौमा गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एलायन्सका अध्यक्ष सुदर्शन नेपालले अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रोपट...