लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । हिजोको सुनको भाउ अहिलेसम्मकै उच्च हो । यस्तै आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । हिजोको तुलनामा आज चाँद...