इन्फो डेभलपर्स प्रालि, अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्त्व र सुरक्षित प्रविधि प्रयोगसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंक सिद्धार्थनगर, रुपन्देहीका निर्देशक रमेश आचार्यले वर्तमान प्रविधिको युगलाई आत्मसाथ नगरी सहकारीहरू अघि बढ्न नस...