भारतको कफी निर्यात सन् २०२५ मा मूल्यका हिसाबले दुई अर्ब अमेरिकी डलर नाघ्ने देखिएको छ । विश्व बजारमा आपूर्ति समस्या देखिँदा कफीको मूल्य तीव्र रूपमा बढेकाले पछिल्ला पाँच वर्षमा भारतको कफी निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको हो । कफी बोर्डले जारी गरेका अनुमति पत्रका आधारमा चालु क्यालेन्डर वर्षको डिसेम्बर १६ सम्म भारतबाट कफी निर्यात एक अर्ब नौ सय ६८ मिलियन अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको एक अर्ब छ सय ३० मिलियन अमेरिकी डलरको तुलनामा २१ प्रतिशत बढी हो । रुपैयाँ मूल्यका आधारमा पनि निर्यातमा उ...