तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका लेखक पार्टी नेतृत्वसँगको सल्लाहमै बयान दिन पुगेका हुन् । भदौ २३ मा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । २३ गतेको घटनालाई लिएर २४ गते काठमाडौंलगायत २८ जिल्लामा आन्दोलनकारीले विध्वंश मच्चाएका थिए । संसद् भवनसँगै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भ...