फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चासहितका ४ दलले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । नेमकिपा, जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले आइतबार नै सूची बुझाएका हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सोमबार बिहान दर्ता गराएको छ । साम्पाङको पार्टीको निवेदन रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा लगा...