टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुटानका सोनामको विश्व कीर्तिमान

भुटानी क्रिकेट टोलीका बायाँहाते स्पिनर सोनाम यसीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । २२ वर्षीय सोनाम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा आठ विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । सोनामले म्यानमारविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो कीर्तिमान बनाएका हुन् । त्यो खेलमा उनले चार ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएर आठ विकेट लिएका हुन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । भुटानका ...