चीनले ताइवान वरिपरि सैन्य अभ्यास शुरू गरेको छ । ‘पृथकतावादी’ र ‘बाह्य हस्तक्षेप शक्तिहरू’ विरुद्ध कडा चेतावनीका रूपमा चीनले ताइवानका प्रमुख क्षेत्रहरू कब्जा र नाकाबन्दीको नक्कल गर्दै टापु वरिपरि सैन्य अभ्यास गरिरहेको बीबीसीले जनाएको छ । चिनियाँ सेनाका अनुसार यी अभ्यासहरूका लागि सेना, नौसेना, वायुसेना र रकेट फोर्स तैनाथ गरिएको छ जसमा प्रत्यक्ष अग्नि अभ्यास पनि समावेश छ । यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको खबरमा उल्लेख छ । अमेरिकाले ताइवानलाई ११ अर्ब डलर ...