प्रदीप र रेणु यादवले छाडे अशोक राई नेतृत्वको जसपा

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय प्रदीप यादव र रेणु यादवले पार्टी छाडेका छन् । उपेन्द्र यादव र महन्थ ठाकुरको एकता प्रकृयामा संलग्न हुने भन्दै उनीहरूले जसपा छाडेको जानकारी दिएका हुन् । प्रदीपले सामाजिक सञ्जाल फेसबूकमार्फत एकता प्रकृयामा जोडिन लागेको जानकारी दिएका हुन् । ‘मधेश आन्दोलनको उपलब्धिको रूपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं सम्वर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चितताको लागि बदलिँदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको...