वरिष्ठ मुटुरोट विशेषज्ञ प्रा.डा भगवान कोइरालाको नेतृत्वमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामको विशिष्टिकृत बाल अस्पताल सञ्चालनमा आएको छ । काठमाडौंको बूढानीलकण्ठ चपलीमा बनेको अस्पतालको बहिरंग सेवा आइतबारदेखि शुरू भएको र ३ हप्ताभित्र पूर्णरूपमा सञ्चालनमा आउने व्यवस्थापनले जनाएको छ । अहिले पनि भवन निर्माणको काम धमाधम चलिरहेको छ । अस्पतालका अध्यक्ष डा. कोइरालाले बहिरंग सेवा शुरू भएको लोकान्तरलाई जानकारी दिए । ‘आजदेखि बहिरंग सेवा शुरू भयो, २ देखि ३ हप्ताभित्र सम्पूर्ण सेवा सञ्चालनमा आउँछन्’, आइतबार अ...