पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखक गएकाे भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुनुभएको छ । आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरूमा हिजाेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक आज दिउँसो आयोगमा पुग्नुभएको हो । गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले नवयुवा आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लङ्घन र क्षतिको छानबिन गरिरहेको छ ...