व्यक्तिगत अहंकारकाले अधिकांश मधेशवादी दलको फुटे, अब मिल्नुपर्छ : हृदेयश त्रिपाठी

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेश केन्द्रित राजनीतिमा रहेका सबै दल तथा नेताहरू एकजुट भएमात्र बलियो राजनीतिक धार बन्ने बताएका छन् । विगतमा टुटफुटमा लागेका मधेश केन्द्रित दलहरूलाई जनता र कार्यकर्ताले पनि मिल्नका लागि दबाब दिइरहेको त्रिपाठीको भनाइ छ । ‘त्यही अनुभूति गराउनका लागि मैले लोकतान्त्रिक मोर्चा निर्माणका शुरूआत गरेको हुँ । मोर्चा बन्नुअघि दलहरू एक-अर्कासँग बस्न समेत तयार हुँदैनथे,’ उनले लोकान्तरसँग भने, ‘बोलचाल भए पनि बसेर छलफल गर्ने संस्कार थिएन । मोर्चा बने...