फिफा पुरुष विश्वकपको २३औँ संस्करण शुरू हुन अब करिब ६ महिनामात्र बाँकी छ । प्रतियोगिता सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म सञ्चालन हुनेछ । यसपटक प्रतियोगिता तीनवटा राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । पुरुष विश्वकपको २३औँ संस्करण धेरै अर्थमा विशेष छ । इतिहासमै पहिलोपटक पुरुष विश्वकप तीनवटा राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको हो । यसअघि सन् २००२ को विश्वकप दक्षिण कोरिया र जापानमा संयुक्त रूपमा आयोजना भएको थियो । त्यसयता दुई वा त्योभन्दा बढी राष्ट्रले संयुक्त रूपमा विश्वकप ...