२ घण्टा बयान दिएर निस्किए रमेश लेखक

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले सोमबार दिउँसो सिंहदरबार पुगेर २ घण्टाभन्दा बढी बयान दिएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका लेखक पार्टी नेतृत्वसँगको सल्लाहमै बयान दिन पुगेका हुन् । भदौ २३ मा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।  २३ गतेको घटनालाई लिएर २४ गते काठमाडौंलगायत २८ जिल्लामा आन्दोलनकारीले विध्वंश मच्चाएका थिए । संसद् भवनसँगै प्रमुख प्रशासनिक केन्...