समानुपातिकतर्फका उम्मेदवार छान्न ढिलाइ भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न ढिला भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक अपरान्ह ३ बजेसम्म शुरू हुन सकेको छैन । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने समय आज (पुस १४ गते)सम्म मात्र छ । अहिलेसम्म सूची तयार हुन नसकेको नेताहरूले बताएका छन् । बैठक स्थगित गरेर नेताहरू गुटगत छलफलमा सहभागी छन् । एकपटक समानुपातिक सांसद बनेकालाई दोहोर्याउन नहुने मत बलियो छ । समानुपातिकको बन्दसूचीको पत्रमा सभापति श...