काठमाण्डाै – भूटानका बायाँ हाते स्पिनर सोनम येशेले एकै खेलमा ८ विकेट लिएर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । २२ वर्षीय येशेले म्यानमारसँगको तेस्रो टी–२० मा यो उपलब्धि हासिल गरेका हुन् । उनले ४ ओभरमा १ मेडन राख्दै ७ रन दिएर ८ विकेट लिए । गएको शुक्रवार घरेलु मैदान गेलफुमा भएको तेस्रो टी–२० खेल भूटानले ८२ रनले जितेको थियो । भूटानले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको म्यानमारले ९ ओभर २ बलमा सबै विकेट गुमाएर ४५ रनमात्रै बनाउन सक्यो । यसअघि टी–२० को एकै खेलमा सबै...