एनभीए भलिबल : पुरुषतर्फ रुकुम पश्चिम र आर्मी क्वाटरफाइनलमा

काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ लगातार दोस्रो जीतसहित रुकुम पश्चिम भलिबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हरायो । रुकुम पश्चिमले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र चौथो सेट २५–१८ ले जित्यो । जावलाखेलले तेस्रो सेट २५–२३ ले जित्यो । यस्तै आर्मीले कीर्तिपुर भलिबल ट्...