दूधकोशी जलाधार क्षेत्रका धेरैजसो विद्यालय बहुप्रकोपीय विपद्को जोखिममा

काठमाण्डाै – दूधकोशी जलाधार क्षेत्रका धेरैजसो विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढीजस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानले दूधकोशी जलाधारका माथिल्लो र तल्लो तटीय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा हिमताल विस्फोटजन्य बाढी र अतिवृष्टिको कारण उत्पन्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो । अध्ययनमा विद्यालयको भौतिक संरचनाको अवस्थिति, पाठ्यक्रम र विद्यार्थीको बुझाइ–सिकाइ र ज्ञानसम्बन्धी एक सय ४२ वटा प्रश्न गरिएको थियो । दूधकोशीको मुहा...