जाँचबुझ आयोगलाई लेखकको बयान- 'प्रधानमन्त्री र मैले कुनै हालतमा हताहती नहोस् भनेका थियौं' [पूर्णपाठ]

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ मा आफूले कुनै हताहती नहोस् भनेर सुरक्षा निकायलाई प्रस्ट निर्देशन दिएको बयान दिएका छन् । भदौ २३ र २४ को घटना सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष सोमबार बयान दिँदै लेखकले आफू र तत्कालीन प्रधानमन्त्री दुवैले कुनै हताहती नहोस् भनेर प्रस्ट निर्देशन दिएको जिकिर गरेका हुन् । 'प्रधानमन्त्री र मैले सबै सुरक्षा निकायले समन्वयमा काम गरी सुरक्षाको राम्रो प्रबन्ध मिलाउनुहोला र क्याजल्टी नहोस् भनेका थियौं,' लेखकले आयोगसमक्ष भनेका छन्, 'सबै सुरक्षा निकायका प्रमुख–प्रतिनिधि सोही अन...