तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजीले गरेका प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि अत्यन्त दु:खद घटना भएको बताएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान दिएर फर्किएपछि लेखकले पत्रकार सम्मेलन गर्दै आन्दोलनको उद्देश्य राम्रो भए पनि त्यसबाट उत्पन्न परिस्थिति असामान्य बनेको बताए । भदौ २२ गते साँझ ६ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बसेको स्मरण गर्दै लेखकले त्यसअघि दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको बताए । उनले भने, &lsq...