स्थान हद र राहदानी रोक्काबारे आयोगलाई लेखकको प्रश्न – कुन कानूनमा टेकेर निर्णय गर्नुभयो  ?

पूर्व गृहमन्त्री रमेश लेखकले आफूलाई स्थान हद तोक्दा र राहदानी रोक्का गर्दा संविधान र कानूनको पालना नभएको भन्दै आयोगमाथि प्रश्न उठाएका छन् । उनले आफ्नो स्थान हद तोक्दा आयोगले आफूलाई नै जानकारी नदिएको समेत बताएका छन् । 'तीन महिनाअघि म लगायतलाई आयोगको सिफारिसमा स्थान हद गरेको निर्णय सञ्चारमाध्यमबाट थाहा पाएँ, म कानून मान्ने नागरिक हुँ। मेरा बारेमा प्रश्न उठेपछि जवाफ दिने पार्टीको कार्यकर्ता हुँ,' लेखकले भने, 'लोकतन्त्रमा विश्वास गर्ने पार्टीको कार्यकर्ताको नाताले कुनै व्यक्तिका बारेमा स्थान हद तोक्दा संविधान र कु...