कांग्रेस कार्यसम्पादन समितिले अनुमोदन गर्‍यो समानुपातिक उम्मेदवारको बन्दसूची

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची अनुमोदन गरेको छ । प्रदेशहरूबाट फाइनल भएर आएको सूची पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको कांग्रेस कोशीका सभापति उद्धव थापाले जानकारी दिए । नाम अनुमोदन गरेसँगै बैठक ५ बजेसम्मका लागि स्थगित भएको थापाले जानकारी दिए । 'सातै प्रदेशबाट आएको समानुपातिकतर्फको सूची केन्द्रीय कार्यसम्पादन समितिमा बुझाएपश्चात् कार्यसम्पादन समिति बैठकले ती नाम अनुमोदन गरेको छ । यी नाम सबै प्रदेशले समूहगत छलफल गरेर बुझाएको हो,' थापाले भने, 'बैठक अहिले सा...