काठमाण्डाै – पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गर्नुभएको छ । आज जाँचबुझ आयोगमा बयान दिएलगत्तै काठमाण्डाैमा पत्रकार सम्मेलन आयोजना गरेर नेता लेखकले कुनै पनि आन्दोलनका क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गर्नुभयो । लेखकले आन्दोलनका क्रममा हताहती भइसकेपछि राजनीतिमा नैति...