काठमाण्डाै – तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले नवयुवा आन्दाेलनका क्रममा आफूले सुरक्षा निकायलाई आवश्यकताभन्दा धेरै बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताउनुभएकाे छ । भदाै २३ र २४ गतेकाे घटनासम्बन्धी जाँचबुझ आयाेगमा आज बयान दिँदै लेखकले गृहमन्त्रीकाे हैसियतले आफूले सुरक्षा निकायलाई कुनै हताहत नहोस्, कसैकाे पनि ज्यान जाने अवस्था नआओस् भनेर सचेत गराएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई/तीन...