समानुपातिकको बन्दसूची बुझाउन रातिसम्मै लाग्ने, धमाधम निस्सा बुझ्दै दलहरू

निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने क्रम रातिसम्मै चल्ने देखिएको छ । अपराह्न ४ बजेसम्म जम्मा ६ वटा दलले मात्र बन्दसूची बुझाएका छन् । अहिलेसम्म प्रमुख दलहरूले सूची बुझाएका छैनन् । आयोगले कार्यालय समयभित्र सूची बुझाउन नभ्याए पनि निस्सा लिइसक्न भनेको छ । सोही प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोग पुगेर निस्सा लिएको छ । 'बन्दसूची पेश गर्नका लागि आयोगबाट निस्सा बुझिसकेको' कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । अन्य दलले पनि आयोग पुगेर धमाधम निस्सा ...