कांग्रेसले टुंग्यायो समानुपातिकको बन्द सूची, पदाधिकारीबाट भीष्मराज आङदेम्बे

​नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची तयार गरेको छ । सोमबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले समानुपातिक तर्फको सूची अनुमोदन गरेको प्रवक्ता डा. प्रकशशरण महतले जानकारी दिए । कांग्रेसले समानुपातिकमा पदाधिकारीको तर्फबाट भीष्मराज आङदेम्बेको नाम सिफारिस गरेको छ । २०७९ सालको निर्वाचनमा उनी झिनो मतले पराजित भएका थिए । बन्द सूचीमा रहेका ११० मध्ये अधिकांश नयाँ अनुहार रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । यसअघि समानुपातिकको अवसर लिएका...