जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने भएका छन् । तीनै दलले नाउपा नेपालको जाँतो चिह्नबाट चुनाव लड्ने सहमति भएको हो । एउटा समूह नेपाली कम्युनिस्ट पार्टी र अर्को समूह जसपा नेपालमा फर्किएपछि जसपामा अध्यक्ष अशोक राईको समूहमात्र बाँकी रहेको थियो । राईले राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरीको नाउपा नेपालसँगै मिलेर चुनाव लड्ने सहमति गरेका हुन् । तीनै दल सोमबार समानुपातिकको एकीकृत बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन् । ...