लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड पुगेको बैंकले जनाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आर्थिक वर्ष २...