समानुपातिकमा कांग्रेसका सबै नयाँ अनुहार

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ सबै नयाँ उम्मेदवारलाई बन्द सूचीमा राख्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एकपटक समानुपातिकको सुविधा लिएकालाई यसपटक अवसर नदिने पार्टी नीति रहेको जानकारी दिए । ‘समानुपातिकमा सबै नयाँ अनुहार दिने भनेर निर्णय गरेका छौं । एकपटक समानुपातिकको सुविधा लिएकालाई यसपटक अवसर दिएका छैनौं,’ विश्वकर्माले भने । कांग्रेसले सोमबार बन्द सूची आयोगमा बुझाउँदैछ । सूची पेस गर्नका लागि शुल्क तिरेर निस्स...