अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजीत गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १ लाख ८५ हजार रुपैयाँ घुससहित गत जेठ ३० गते पक्राउ परेका गुरुङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । सहायक प्रवक्ता अधिकारीका अनुसार उनलाई आयोगको टंगालबाट खटिएको टोलीले घुस रकमसहित कार्यकक्षबाट पक्राउ गरेको थियो । आयोगले उनीविरुद्ध १ लाख ...