केन्द्रीय सदस्य अर्जुननंसिह केसीले समानुपातिकमा बस्न चाहेपछि नेपाली कांग्रेसले समानुपातितर्फ बागमती प्रदेशको सूची टुंग्याउन ढिलाइ भएको छ । यसअघि नुवाकोटबाट प्रत्यक्ष निर्वाचित केसीले यसपटक समानुपातिकमा बस्ने अडान लिएका छन् । कांग्रेसले एकपटक समानुपातिकको अवसर लिएकालाई यसपटक नदोहोर्याउने नीति लिएको थियो । ‘केसीका कारण बागमतीको सूची टुंगो लाग्न सकेको छैन, अहिले पनि छलफल जारी छ,’ सोमबार पौने ५ बजे पार्टी कार्यालयबाट एक नेताले भने । प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन ...