एडभान्स डेमोक्रेटिक पार्टी (एडीपी) अर्थात् (उन्नत लोकतान्त्रिक पार्टी)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ । सोमबार एडीपीले समानुपातिकको बन्द सूची आयोगमा बुझाएको हो । राजालाई भोट हाल्न चाहनेका लागि खुला किताब चिह्न लिएर एडीपीले समानुपातिकको बन्दसूची बुझाएको सो दलका अध्यक्ष अधिवक्ता स्वागत नेपालले जानकारी दिए । ‘मुखमा पार्टी भएपनि राजाका लागि भोट हाल्ने मन भएकाका लागि साझा चिह्न चाहियो भनेर राजसंस्थावादीको सल्लाह भएर खुला किताब चिह्नसहित आयोगमा आएका हौं&...