अमेरिका हिँडेका ५ नेपाली युवा डेढ वर्षदेखि लिबियाबाट सम्पर्कविहीन
५ नेपाली युवासहित ३० जनालाई लिबियाको स्थानीय समयअनुसार बिहानको ४ बजे त्रिपोलीबाट ग्रिस लैजाने भन्दै डुंगामा राखिएको थियो । यो खबर परिवारले पाएको डेढ वर्ष बित्यो । तर अमेरिका हिँडेका ती पाँच नेपाली युवा अहिलेसम्म सम्पर्कविहीन छन् ।