समानुपातिकतर्फको बन्दसूची बुझाउने दलकाे सङ्ख्या ९ पुग्याे

काठमाण्डाै – निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने क्रम चलिरहेको छ । बन्दसूची पेश गर्नका लागि आयोगले तोकेको अन्तिम दिन आज आयोग कार्यालयमा दलहरूकाे भीड लागेको हो । हिजो पहिलो दिन तीन वटा दलले मात्रै बन्दसूची पेश गरेका थिए । अहिलेसम्म बन्द सूची पेश गर्ने दलहरूको सङ्ख्या ९ पुगेको छ । थप ४२ वटा दलले सूची बुझाउन निस्सा लिएका छन् । आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), गतिशी...