धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह 'बालेन'लाई चुनाव हराउने दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा सोमबार स्टाटस लेख्दै साम्पाङले जहाँबाट उम्मेदवारी दिए पनि हराउने जिकिर गरेका हुन् । 'बालेनलाई चुनावमा हराउनेछौं । जहाँबाट उम्मेदवारी दिन्छ, त्यहीँ हामी हराउनेछौं,' साम्पाङले लेखेका छन् । बालेनले केही दिनअघि रास्वपामा समाहित भएर चुनाव लड्ने सहमति गरिसकेका छन् । चुनावपछि रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्म...