काठमाण्डाै – सरकारले रोकिएका तीन करोड रुपैयाँभन्दा कम बजेटका योजनाहरूको कतिपय बजेट फुकुवा गरेको छ । गएको असोजमा तीन करोड रुपैयाँभन्दा कम बजेटका एक हजारभन्दा धेरै आयोजना स्थगन गरेको भए पनि केही दिनयता सरकारले त्यस्ता आयोजनाहरूमा राखेको बजेट फुकुवा गर्न थालेको हो । अहिले स्थगन गरिएकामध्ये कतिपय आयोजना याेजना बैंकमा प्रविष्ट रहेको र तिनीहरूमा सरकारले लगानी गरिसकेकाले रोक्का बजेट फुकुवा गर्न थालिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले तीन वटा श...