प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाउने क्रम सोमबार साँझसम्म पनि जारी छ । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समय दिए पनि अधिकांश दल अन्तिम दिन पुग्दा आयोगमा भ्याइनभ्याइ भएको हो । बन्दसूची लिएर पुगेका दलका प्रतिनिधिहरू क्यान्टिनमा बसेर मोबाइलको उज्यालोमा सूची सच्च्याइरहेका देखिन्छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार हालसम्म ४० दलले शुल्क बुझाएर निस्सा लिएका छन् । ९ दलले बन्दसूची बुझाइसकेका छन् । साँझ ६ बजेसम्म पनि प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यु...