अंग्रेजी नयाँ वर्षको स्वागतमा बुटवलमा सडक खाना महोत्सव

पर्यटन प्रवर्द्धन र खान परिकारको बजारीकरण गर्ने उद्देश्यसहित अंग्रेजी नयाँ वर्षको स्वागतमा बुटवलमा 'सडक खाना महोत्सव' हुने भएको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित मंगलबारदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीले खाना महोत्सव गर्न गर्न लागेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर–९ कालिकापथको बसपार्कदेखि तीनकुनेसम्म चल्ने महोत्सवको तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । संघका अध्यक्ष माधवकुमार खनालले यस क्षेत्रमा रहेका पर्य...