काठमाण्डाै – मेलबर्न क्रिकेट मैदानमा भएको चौथो एशेज टेस्ट क्रिकेटको पिचलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘असन्तोषजनक’ मूल्याङ्कन गरेको छ । आईसीसी म्याच रेफ्री जेफ क्रोले दुई दिनमै सकिएको ‘बक्सिङ डे टेस्ट’ का लागि मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) पिचलाई ‘असन्तोषजनक’ मूल्याङ्कन गर्दै एक डिमेरिट अङ्क प्रदान गरेका हुन् । यो डिमेरिट अङ्क पाँच वर्षको अवधिसम्म सक्रिय रहनेछ । आईसीसीले पिच रेटिङका लागि चार वटा श्रेणी राखेको छ जसमध्ये ‘असन्तोषजनक’ तेस्रो श्रेणी हो ।...