एनभीए भलिबल : न्यु डायमन्डले आर्मीलाई साेझाे सेटमा हरायाे, सुदूरपश्चिमकाे सान्त्वना जीत

काठमाण्डाै – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्ट्स काउन्सिल विजयी भएका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनल नजिक पुगेकाे हाे । न्यु डायमन्डले तीन वटै सेट समान २५–१७ ले जित्यो । यस्तै सुदूरपश्चिमले मधेश प्रदेश स्पोर्ट्स काउन्सिललाई ३–० को सोझो सेटमा हराउँदै सान्त्वना जीत हासिल गरेको हो । सुदूरपश्चिमले पहि...