स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ । क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर १५ सम्ममा राखेको तथ्याङ्क अनुसार तीन हजार ९० जना आप्रवासीको ज्यान गएको स्पेनी आप्रवासन अधिकार समूहलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । आप्रवासीहरूका लागि प्रवेश गर्ने सीमाहरू घटेका कारण सन् २०२४ को तुलनामा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । सन् २०२४ मा समुद्रमार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा १० हजार चार सय ५७ आप्रवासीको ज्यान गएको वा बेपत्ता भए...