समानुपातिकको बन्दसूची बुझाउन आयोग पुग्यो एमालेको टोली

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को टोली प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।​  कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाउँदै छ । पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरू बराल, डा. पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिए...