फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि १० वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसार साँझ ७ बजेसम्म १० दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् । निस्सा लिएका दललाई रातभरि लगाएर भए पनि बन्द सूची दर्ता गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायतका दलले बन्द सूचीका लागि निस्सा ल...