एमालेले बुझायो बन्दसूची– रामबहादुर थापा, पद्मा अर्यालदेखि कोमल ओलीसम्म

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । निरज आचार्यसहितको टोली निर्वाचन आयोग पुगेर बन्द सूची बुझाएको हो । शुल्क बुझाएर एमालेको बन्द सूची दर्ता प्रक्रियामा रहेको आयोग स्रोतले जानकारी दियो । एमालेले उपाध्यक्ष रामबहादुर थापा 'बादल', सचिव पद्मा अर्याल, पूर्वउपाध्यक्ष गुरू बरालसहितको नाम टुंगाएर निर्वाचन आयोग पठाएको हो । थापा जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छन् । एमाले र माओवादी मिलेर नेकपा बनेको समयमा थापा र...