बुटवलमा जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता शुरू

बुटवलमा सर्वाधिक राशिको रूपन्देही जिल्ला स्तरीय खुल्ला स्नूकर प्रतियोगिता शुरू भएको छ । नेपाल बिलियर्डस स्नूकर तथा पुल संघ रूपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा नवौं संस्करणको रूपन्देही जिल्ला स्तरीय खुल्ला स्नूकर प्रतियोगिता शुरू भएको हो । सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्‌घाटन गरे । सो अवसरमा बोल्दै उनले उपमहानगरले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पहिलो प्राथमिकतामा राखेको बताए । स्नूकर संघको मेहनत र लामो संघर्षले रुपन्देहीमा स्नूकर खेलले फड्को मार्न सफल भ...